दफा ५३
नदी तथा ताल तलैयाको जल गुणस्तर सम्बन्धी मापदण्ड
(१) मानव सिर्जित वाः मानवीय क्रियाकलापको कारण सांस्कृतिक, धार्मिक, पर्यटकीय महत्वका मानव बस्तीसँग जोडिएका नदी, ताल तलैया, पोखरी, जलाशय तथा कुण्डको वातावरणीय स्वास्थ्य, र जलको गुणस्तरमा परिरहेको वा पर्ने प्रभाव न्यूनीकरण गरी स्वच्छता र सुन्दरता कायम राख्न नेपाल सरकारले आवश्यक मापदण्ड बनाई लागू गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिमको मापदण्डको कार्यान्वयन गर्ने वा गराउने र सो को अनुगमन, नियमन तथा व्यवस्थापन गर्ने दायित्व तोकिएको निकायको हुनेछ।